वीरगञ्ज २३ असोज । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सरुवा गर्नुका साथै सहसचिवको दरबन्दी रहेका जिल्ला प्रशासन कार्यालयमा सहसचिव प्रजिअ नै खटाउन सुरु गरेको छ ।
मन्त्रालयले बिहीबार दाङ र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी(सहसचिव)को सरुवासहित सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ रहेका जिल्लामा सहसचिव सिडिओ पठाएको हो ।
मन्त्रालय स्रोतका अनुशार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । मकवानपुरमा प्रजिअ दीपकराज नेपाललाई बारा जिल्ला प्रमुखमा पठाइएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी(उपसचिव) रुद्र पण्डितलाई मन्त्रालयमा तानिएको छ ।
त्यसैगरी मन्त्रालयमा रहेका सहसचिव उमेश बस्नेतलाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी(उपसचिव)लाई सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाएको छ ।