×

वीरगञ्ज २२ असोज । प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा वीरगञ्जका युवाहरुले प्रदर्शन गरेका छन् ।

युवाहरुले बिहिबार साँझ वीरगञ्जमा क्यानडाल मार्च निकालेर प्रदर्शन गरेका हुन् । स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १९ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि दवाव सृजना गर्न क्यानडाल मार्च गरिएको थियो ।

स्थानीय युवाहरुको समुह द् हन्ड्रेड ग्रुपको आयोजनामा भएको र्‍यालीमा विभिन्न उमेर समुहका युवा, विद्यार्थी, शिक्षक र अन्य स्थानीयहरुले सहभागिता देखाएका थिए ।

र्‍यालीमा युवाहरुले सरकार विरुद्ध नारा लगाउँदै गोविन्द केसीको सम्पूर्ण मागहरुलाई यथासिघ्र समोबोधन गर्न माग गरेका थिए । उनीहरुले सरकार माफियाको जालोमा फसेको आरोप लगाउँदै अब चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए ।

वीरगञ्जको घण्टाघर चोकबाट सुरु भएको र्‍याली नगर परिक्रमा गर्दै पुन: घण्टाघरमा आएर बिसर्जन भएको थियो ।

स्थनीय युवा आशिष गुप्ताको सक्रियतामा भएको र्‍यालीमा ग्रुपका अध्यक्ष विनय गिरि, युवा अभियन्ता सौरभ साह, गिरिश ढुंगेल, निखिल राज भण्डारी, सुजीत कुमार, राजा हुसेन, राम चौहान, निरञ्जन गुप्ता, जयप्रकाश गिरि, राहुल पटेल, अरमान मल्लिक, प्रिन्स श्रीवास्तवलगायातको सहभागिता रहेको थियो ।

Back to top