×

वीरगञ्ज २२ असोज । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले विगत ७ महिनादेखि बन्द रहेका शैक्षिक संस्थाहरु पुन: सञ्चालन बारे बहस सुरु भएको छ ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफ्नो पहलमा पर्साका सम्पूर्ण शैक्षिक संस्थाआ सञ्चालकहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ स्थति माईस्थान विधापिठ विद्यालयमा एउटा छलफलको आयोजना गरी सांसद् यादवले पर्सा जिल्लामा रहेका सम्पुर्ण शैक्षिक संगठनका प्रमुख तथा अन्य सरोकारवालासँग छलफल गरेका थिए ।

उनले छलफलमा बन्द रहेको विद्यालयलाई पुन: सञ्चालन गर्न अवसर र चुनौती बारे कुराकानी भएको जानकारी दिए ।

कोरोनाभईरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै सुरक्षित ढंगले विद्यालय सञ्चालन र नियमित पठनपाठन कसरी सुरु गर्न सकिन्छ भन्ने विषयमा बैठकमा उपस्थित सबैले आ-आफ्नो धारणा राखेका थिए ।

शैक्षिक संस्थाका प्रमुखहरुले कोरोना संक्रमणको जोखिम घट्दै गएको हुनाले स्वास्थ्य सुरक्षालगायत अन्य मापदण्डहरु पुरा गरेर विद्यालय र अन्य शैक्षिक संस्थाहरु सुरु गर्न सकिने बताए । उनीहरुले देशका अन्य भागहरुमा शैक्षिक संस्थाहरु खुलिरहेको बेला पर्साका विद्यालय र कलेजहरु बन्द हुँदा यहाँका बालबालिका पछाडी पर्न सक्ने जोखिम रहेको चिन्ता व्यक्त गरे ।

बैठकमा उपस्थितहरुको सल्लहाहरुलाई सुन्दै सांसद् यादवले आगामी दिनमा अभिभावक, स्थानीय तहका प्रमुख, जिल्लास्थित विभिन्न राजनीतिक दलका व्यक्तित्व र सरोकारवाला निकायसँग छलफल गरेर समस्याको निक्र्योल निकाल्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद् यादवले यसअघि निजि विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सन पर्साका पदाधिकारीहरुसँग पनि छलफल गरेको जानकारी गराए ।

माइस्थान विद्यापिठका प्रधानाध्यापक मुर्तुजा अन्सारीको अध्यक्षतामा भएको बैठकमा प्रदेश सांसद् जनत् अन्सारी, प्राध्यापक विजय यादव, महासंघ पर्साका अध्यक्ष श्री तीर्थराज यादव, संगठनका अध्यक्ष शिवनाथ चौधरी, संघिय शिक्षक फोरमका अध्यक्ष हरिन्द्र चौरसिया, मञ्चका अध्यक्ष उमेश ठाकुर , महासंघ महानगर वीरगञ्जका अध्यक्ष विनोद मेहतालगायतको सहभागिता रहेको थियो ।

Back to top