×

वीरगञ्ज २२ असोज । विश्व दृष्टि दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले नि:शुल्क आँखा शिविरको आयोजना गरेको छ । हरेक नेपाली नागरिकको स्वास्थ्य क्षेत्रमा सजिलो पहुच होस भन्ने अद्देश्यले विश्व दृष्टि दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आँखा शिविरको आयोजना गरेको हो ।

बहुदरामाई नगरपालिका वडा नम्बर ३ नगरदाहस्थित महाविर साह माध्यमिक विद्यालयको प्रांगणमा फाउण्डेसनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

मानव शरिरमा आँखा बहुमुल्य भाग रहेको र यसले मानव जीवनमा बेग्लै महत्व राखेको छ । आँखालाई डाक्टरको परामर्सले सावधानी गरी हेरचाह गर्नु पर्नेमा अजय चौरसियाको भनाई रहेको थियो ।

स्व. गिरिजा प्रसाद कोईरालाले सवास्थ्य क्षेत्रमा देखेको सपन फाउण्डेशनले सकार गर्ने छौं र कुनै पनि नेपाली नागरिकहरु आधारभूत आवश्यकताहरूबाट वञ्चित नहोस भन्ने चाहनाले आफुहरु अघि बढिरहेको फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

आँखा शिविर र्कायक्रममा २२५ जनाले आफ्नो आँखा चेक जाँच गराई सेवा लिएको माट्रिका आई फाउण्डेशनका चिकित्सक डा. महेश सिंह धामिले जानकारी दिए । जसमध्ये १३७ जना महिला र ८८ पुरुष रहेका छन् । चेकजाँचका क्रममा १२६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको डा. धामिले बताए ।

मोतिबिन्दुको समस्या देखिएका आँखा रोगीहरुलाइ माट्रिका आई फाउण्डेशनले गिरिजा फाउण्डेशन पर्साको सहयोगमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउने गिरिजा फाउण्डेशनका पर्साका सचिव धिरज गुप्ताले बताए ।

नि:शुल्क आखा शिविर कार्यक्रममा विशिष्ठ अतिथि प्रदेस सांसद् राजेश्वर साह तेली, बहुदरामाई नगरपालिका मेयर नितेन्द्र साह, तराई मधेस समन्वय विभागका सचिव रामनारायण प्रसाद कुर्मी, राज देव यादव, वडा अध्यक्षद्धय जितेन्द्र पटेल, दिनेश यादव, पप्पु सिंह, वहाब अन्सारी, तरुण दलका सदस्य इमाम हुसैन, नेपाल विद्यार्थी संघका जिल्ला सह-सचिव दिपेश श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य फाउण्डेशनका कोषाध्यक्ष मनोहर साहले राखेका थिए ।

 

Back to top