वीरगञ्ज २२ असोज । पर्सा प्रहरीले भारतबाट अवैध बाटो प्रयोग गरेर प्रतिबन्धित लागु औषध नाइट्रोभेट ट्याब्लेट र कोरेक्स सिरपसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय अशोक थापा रहेका छन् ।
सिमावर्ती शहर भारतको रक्सौलबाट बुधबार प्रदेश ३-०३-००१ प ६५०९ नम्बरको मोटरसाइकलमा लुकिछिपी लागु औषध ल्याईरहेको अवस्थामा प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।
पक्राउ परेका थापाबाट प्रहरीले नाईट्रोभेट ट्याब्लेट-५ पत्ता(७५ पिस) र कोरेक्स ४६(छयालिस) बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।