×

वीरगञ्ज २२ असोज । बाराको प्रसौनि गाउपालिकाका स्वास्थ्य चौकीहरुमा छड्के अनुगमन गरिएको छ ।

स्वास्थ चौकीलाई थप सहजिकण, कार्य ब्यवस्थापन, त्रुटि तथा विभिन्न सहज असहजता बारे चेकजाच गर्ने उद्देश्यले गाउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताको नेतृत्वमा गाउपालिकामा पर्ने सम्पुर्ण स्वास्थ चौकी हरुमा अनुगमन गरिएको हो ।

झण्डै ७ महिनापछि सामान्य अवस्थामा फर्किदै गर्दा स्वास्थ्य चौकीहरुबाट प्रवाह हुने सेवा सुविधाहरुको बारेमा जानकारी लिने अभिप्रायले अनुगमन गरिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो ।

आगमी दिनमा पनि स्वास्थ्य चौकी सहित शैक्षिक संस्था लगायतका सरकारी कार्यालयहरुको सेवा प्रवाहबारे छड्के अनुगमन गरेर कमी कमजोरीलाई सुधार्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहमद सेरे मुस्तफा, स्वास्थ्य संयोजक सुरेस कुमार साह, सम्बधित वाडका वड़ा अध्यक्ष स्वास्थ्यकर्मी जाफरे आलम अंसारी, सत्य नारायण साह लगायतको उपस्थिति रहेको थियो ।५९० पुगेको छ ।

Back to top