वीरगञ्ज २२ असोज । बारा प्रहरीले ठुलो परिणाममा लागु औषध गाँजा बरामद गरेको छ । ट्रकमा लोड गरेर अवैध तरिकारले भारत पठाउँन राखिएको १ सय ४७ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय जितपुरबाट खटेको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा बिहान बिहान ३ बजे सो परिमाणको गाँजा नियन्त्रणमा लिएको हो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित ईलाका प्रहरी कार्यालय जीतपुर अगाडी रोकिएर राखेको ना ७ ख ९४५४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । चेकजाँच गर्ने क्रममा ट्रक छाडेर चालक भने फरार भएका छन् ।
ट्रक पछाडी ७ वटा पोकामा लुकाएर राखिएको १ सय ४७ किलो गाँजा बरामद गरिएको हो जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
नियन्त्रणमा लिएको ट्रकलाई जिल्ला प्रहरी कार्यालय बारा ल्याएर थप अनुसन्धान भइरहेको र फराक चालकको खोजी कार्य भइरहको प्रहरी प्रवक्ता मिश्राले बताए ।