वीरगञ्ज २२ असोज । लामो समयदेखि प्रहरीको फरार सुंचीमा रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा लिएको छ ।
जबरजस्ती करणी मुद्दामा लामो समयदेखि फरार रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ बस्ने अर्जुन पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतले उनलाई तिन महिना कैद र तिन हजार रुपैयाँ जरिवाना सुनाएपछि उनि फरार रहँदै आएका थिए ।
गाउँघरमा लुकिछिपी बसिरहेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले उनलाई असोज १९ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका पासवानलाई आवश्यक कारवाहीका लागि मंगलबार अदालतमा पेश गरिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त बताइन् ।
पछिल्लो समय पर्सा प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने मिसन चलाएको छ ।