×

वीरगञ्ज २१ असोज । पर्साको बिन्दवासिनि गाउँपालिकामा १ सय ५ सदस्यीय युवा सञ्जाल समिति आज गठन गरिएको छ । रविन्द्र कुमार दासको अध्यक्षतामा भएको समिति गठन कार्यक्रमले स्थानीय युवा नेता मधुसुदन चौरसियाको संयोजकत्वमा १ सय ५ सदस्यीय युवा सञ्जाल समिति गठन गरिएको हो ।

गाउँपालिकामा हुने भ्रष्टाचार, अनियमितता तथा विकृति विरुद्ध आवाज उठाउने र बिकास निर्माणका गतिविधिहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभिप्रायले समिति गठन गरिएको संयोजक चौरसियाले बताउनुभयो ।

ग्रामिण क्षेत्रमा हुने विभिन्न सामाजिक गतिविधिमा सक्रियताका साथ लाग्ने युवाहरुको एकतापश्चात गाउँपालिकामा केही भएपनि परिवर्तन हुने अपेक्षा स्थानीयले गरेका छन् ।

युवा सञ्जालमार्फत अब गाउँपालिकामा शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको सुधार तथा विकास निर्माणका कार्यहरुको निरन्तरतामा बिशेष ध्यान दिने सञ्जालका सदस्यहरुले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि अमित यादब, स्थानीय प्रभु चौरसिया, शिववालक दास, योग्यराज यादब, जिउना चौरसिया, जहिर आलम, सद्धाम हुसैन, ओमप्रकाश साह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण स्थानीय युवा सुनिल दासले गर्नुभएको थियो ।

Back to top