वीरगञ्ज २१ असोज । पर्साको ग्रामिण क्षेत्रबाट हुने लागु औषध व्यपार रोकिन सकिएको छैन ।
जिल्लाको ग्रामिण क्षेत्रमा दिनहु लागु औषध ओसारपोसारमा संलग्न र भण्डारण गरेर राखेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेपनि यसको व्यपारमा भने कुनै कमी आउन सकेको छैन ।
यसैक्रममा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ तीनडुवियाबाट प्रहरीले आठ किलो अफिम बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलिले तीनडुविया बस्ने २९ वर्षीय खोबारी प्रसाद कुर्मीको घरबाट पहरीले उक्त मात्रामा अफिम बरामद गरेको हो ।
आफ्नो घरमा लुकाई छीपाई लागु औषध राखेको सूचना प्राप्त भएपछि प्रहरीले राउतको घरमा छापा मारेको थियो । छापा मार्ने क्रममा प्रहरीले अफिम जस्तै देखिने आठ किलोग्राम पदार्थ गरेको थियो ।
बरामद गरेको पदार्थ र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पोखरियाले थुनामा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।