वीरगञ्ज २० असोज । मेडिकल क्षेत्रमा सुधारको माग गर्दै पटक-पटक अनसन गर्दै आएका सत्याग्राही प्राध्यापक डाक्टर गाविन्द केसी हाल १९ औं पटक आमरण अनसनमा बसेका छन् ।
अनसनरत डाक्टर केसीको समर्थनमा देशभर समर्थकहरुले विभिन्न कार्यक्रमहरु गरिरहेको बेला नेपाली कांग्रेस पर्साले पनि उनले उठाएको विषयहरुलाई सम्बोधन गर्ने माग गर्दै प्रदर्शन गरेको छ । नेपाली कांग्रेस पर्साले मंगलबार वीरगञ्जस्थित घण्टाघरमा धर्ना गरेको हो ।
विगत २३ दिनदेखी सत्याग्रहमा बसेका डाक्टर केसीकाे जीवन रक्षा गर्न हेतु नेपाल सरकारलाई दबाव दिन वीरगञ्जमा पनि कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले बताए ।
नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीकाे अध्यक्षतामा र पूर्व केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे धर्ना कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापतिद्वय दिना गुप्ता, प्रकाश उपाध्याय, सचिवद्वय किशोरी साह, श्याम पटेल, सहसचिवद्वय राेशन लामिछाने, किरण सरकार, महाधिवेशन प्रतिनिधि नरेन्द्र साह, क्षेत्रिय सभापति विजय शर्राफ, नगर सभापति भाेला साह, जिल्ला सदस्य प्रेम सिहं, रामबाबु पटेल, ने.वि.संघका पूर्व केन्द्रीय सदस्य द्वय सुधिर पटेल, बद्री तिवारीलगायत नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे ।