वीरगञ्ज १९ असोज । रेडियो सान्भीले आफ्नो प्रसारण पहुचलाई सर्वसुलभ तथा गुणस्तरीय बनाउन क्षमता वृद्धि गरेको छ ।
पर्साको वीरगञ्जबाट सञ्चालित हुँदै आएको रेडियो सान्भी आफ्नो क्षमतालाई विस्तार गर्दै पाँच सय वाटबाट एक हजार वटामा पुर्याएको हो ।
९६.४ मेगाहर्जमा सुनिने रेडियो सान्भीले क्षमता वृद्धि गरेसँगै पर्सा, बारा, रौतहटलगायत भारतको विहार राज्यका अधिकतम स्थानमा अब रेडियो सुनिन थालेको रेडियोका महाप्रवन्धक नवराज फुँयालले बताए ।
सानो समयमा गुणस्तरीय कार्यक्रमहरु मार्फत जनता माझ लोकप्रिया हुन् सफल रेडियो सान्भीले क्षमता वृद्धि गरेसँगै स्रोतको संख्यापनि बढेको उनले जानकारी दिए ।
फुँयालले रेडियो पर्सा जिल्लाको ठोरीदेखि रौतहट जिल्लाको गौर र भारत विहारको बेतियासम्म सुनिने गरेको बताए । निकट भविष्यमा प्रदेश नं. २ मा पर्ने सम्पूर्ण जिल्लामा पहुँच हुनेगरी प्रसारण क्षमताको अझै बिस्तार गरेर २ हजार वटा पुर्याउने योजना समेत रहेको उनले बताए ।
लगभग ८ महिना अगाडी आफ्नो सेवा सुचारु गरेपछि पर्सा, बारा र रौतहटसम्मका श्रोताहरुमा संख्या रेडियो सान्भीले निकै लोकप्रिया बन्दै गएको छ । रेडियोले दैनिक विभिन्न खालका सूचनामुलक र मनोरञ्जनात्मक कार्यक्रम, अन्तर्वार्ताहरु प्रसारण गर्ने गरेको छ ।
यति मात्र नभएर ईन्टरनेट सेवा उपलब्ध रहेको ठाउँमा www.radiosaanvi.com र www.radiosaanvinews.com अनलाईनवाट पनि प्रष्ट रुपमा रेडियो सान्भी संसारभर सुन्न सकिने भएपछि प्रसारण विश्वव्यापी व्यापि भएको छ ।
पीसी मेडिया नेटवर्क प्रालिद्वरा सञ्चालित रेडियो सान्भीले साझा डेली डटकमबाट अनलाइनपनि सञ्चालन गर्दै आएको छ ।