वीरगञ्ज १९ असोज । पर्सामा लागुऔषध गाँजा चरेश मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
गत २०७१ पुस २ गते पर्सा जिल्ला अदालतबाट २ वर्ष कैद र २५ हजार जरिवाना सजाय गरिएका पर्साको पटेर्वासुगौलीका शिवपुजन यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलिले ५ वर्षबाट फरार रहेको यादवलाई पक्राउ गरि सोमबार जिल्ला अदालतमा बुझाएको छ ।
गाउँमै लुकिछिपी बसिरहेको विशेष सुचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।