×

वीरगञ्ज १९ असोज । वीरगञ्जमा अब नेशनल मेडिकल कलेजबाट पनि पिसिआर परिक्षण हुने भएको छ । कलेजले अस्पतालमा पिसिआर ल्याब सञ्चालनमा ल्याएसँगै परिक्षण सुरु भएको हो ।

यसअघि पर्सामा नारायणी अस्पतालबाट मात्र पिसिआर परिक्षण हुने गरेको थियो । नेशनलमा मेडिकलले ल्याब सञ्चालनमा ल्याएपछि अब सेवाग्राहीले शुल्क तिरेर आफ्नो परिक्षण गराउन सक्ने छन् ।

मेडिकल कलेजमा रहेको भाईरोलोजी तथा सेरोलोजी विभाग अन्तर्गत अस्पतालको निजी स्वामित्वमा रह्ने पीसिआर ल्याब सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

करिब डेढ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएकाे ल्याबले एक पटकमा ९६ जनाकाे परिक्षण गर्ने सक्छ । यसरी गरिएकाे परिक्षणकाे रिपाेर्ट ५ घण्टामा सार्वजनिक गरिने अस्पतालका सञ्चालक बसरुद्दीन अन्सारीले जनाकारी दिए । उनले एक दिनमा औसतमा पनि ३ सय ८५ वटा सम्म स्वाबलाई परिक्षण गर्नसकिने उनले बताए ।

Back to top