×

वीरगञ्ज ४ असोज । पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जनाको शब फेला परेको छ ।

गाउँपालिकाको वडा नं. ४ बञ्जारीमा आज बिहान एक जनाको शव फेला परेको हो भने सोहि गाउँमा एक युवक झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको वडा नं. ४ मा भारत बिहार सिक्टा निवासी ८० वर्षीय गोकुल हजराको शव फेला परेको हो । बञ्जारी चौकस्थित नहरमा वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए ।

यस्तै, बञ्जारीमै स्थानीय मदन यादवका २३ वर्षीय छोरा भिम यादवको घरमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको बेलामा उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् ।

हजरा र यावद दुवैको शवको पोष्टमार्टमको लागि वीरगञ्जजस्थित नारायणी अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top