वीरगञ्ज ३ असोज । लायन्स क्लबको स्वागत एवं सम्मान कार्यक्रम आज वीरगञ्जमा सम्पन्न भएको छ ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ को डिष्ट्रीक्ट गभर्नर पदमा निर्वाचित पिएमजेएफ लायन शम्भु नकर्मी निर्वाचित भएपछि वहाँको पहिलो पटक वीरगञ्ज आगमनको क्रममा आज वीरगञ्जको दियालो लर्ड्स प्लाजा होटलमा एक कार्यक्रमको आयोजना गरी भब्य रुपमा स्वागत एवं सम्मान गरीएको छ ।
डिष्ट्रीक्ट गभर्नर पिएमजेएफ लायन शम्भु नकर्मीसँगै फस्ट लेडी लायन रेजिना नकर्मी, प्रथम उपाध्यक्ष लायन रामप्रसाद भट्ट, डिष्ट्रीक्ट क्याबिनेट सेक्रेटरी लायन तासी डोल्मा तुङबाहाम्फे, डिष्ट्रीक्ट ट्रेजर लायन शिव बिडारी, एरिया नम्बर ३ का एरिया चिफ लायन प्रभाकर पंडितलाई समेत स्वागत एवं सम्मान गरीएको थियो ।
कार्यक्रममा लायन्स क्लबमा रहि उत्कृष्ट सामाजिक कार्य गरेर राम्रो भूमिका खेलेका वीरगञ्ज, जीतपुर, सिमरा एरियामा रहेका लायन्स क्लबका पदाधिकारीहरुलाई डिष्ट्रीक्ट गभर्नर पिएमजेएफ लायन शम्भु नकर्मीले प्रमाणपत्र र लायन्सको पिन सहित सम्मानित गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रीक्ट गभर्नर पिएमजेएफ लायन शम्भु नकर्मीले आगामी दिनहरुमा पनि यस वीरगंज, जीतपुर, सिमरा एरियाका लायन्स क्लबहरुले उत्कृष्ट कार्यहरु गर्दै जाने र आजको कार्यक्रममा सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।
लायन्स क्लबका एरिया को-चिफ लायन बिनय बंशलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका पुर्व ईन्टरनेशनल डाईरेक्टर लायन संजय खेतान, पुर्व डिष्ट्रीक्ट गभर्नर लायन डा.आर.पी.खेतान, पिएमसिसि लायन रमेश अग्रवालले आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।
सोहि अवसरमा लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस र लायन्स क्लब अफ वीरगंज परिवारद्वारा आ-आफ्ना क्लबका नयाँ लियो क्लबहरुको घोषणा गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रीक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, डिष्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन वासु तिमिल्सिना, लायन चन्द्रशेखर पटेल, रिजन चेयरपर्सन लायन उमेश शर्मा, लायन रिकेश साह, जोन चेयरपर्सन लायन गुड्डी जोशी, डिष्ट्रीक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा, लायन सपना मित्तल अग्रवाल, लायन्स क्लब अफ ग्रीन क्याम्पसका अध्यक्ष लायन प्रजय अग्रवाल, उपाध्यक्ष लायन किरण अग्रवाल, सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादव, वीरगंजका अध्यक्ष लायन विजय गुप्ता, आदर्शनगरका अध्यक्ष लायन संजय कुमार खेतान, परिवारका अध्यक्ष लायन श्याम गुप्ता, एक्सीलेन्सका अध्यक्ष लायन देव चौधरी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लबका स्ट्रेटेजिक चिफ लायन देवकी नन्दन अग्रवालले गर्नु भएको थियो ।