वीरगन्ज ३१ भदौ । प्रत्येक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाका पर्व धुमधामसाथ मनाइँदै आए पनि कोरोना भाइरसको महामारीले गर्दा यस वर्षको विश्वकर्मा पूजाको तयारी तामझाम खासै हुन पाएको छैन ।
वीरगन्जका विभिन्न स्थानहरूमा हरेक वर्ष पूजा हुने अघि एक महिनादेखि भगवान् विश्वकर्माको मूर्ति बनाउँदै आएकोमा यसपालि वीरगन्जमा जारी निषेधाज्ञाका कारण मूर्तिहरू बनिरहेका छैनन् ।
लकडाउन खुकुलो भएका बेला वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका धेरै उद्योगीहरू कोरोना महामारीले बन्द अवस्थामा हुँदा यसपालि पूजाको धुमधाम तयारीमा जुट्न पाएका छैनन् वीरगन्ज रानीघाटका लेथ मसिनका संचालक हिरालाल ठाकुरको भनाई रहेको छ , पछिल्लो वर्षभन्दा यसपालि विश्वकर्मा बाबाको मूर्ति राखि पुजा गरे पनि यस पाली कोरोना महामारीले बन्द अवस्थामा हुँदा सम्सया आएको छ ठाकुरले भने ।
असोज संक्रान्तिका दिन फलामसँग काम गर्ने मजदुरहरू विभिन्न स्थानमा पूजाआजा गरी विश्वकर्मा पर्व मनाउने गर्छन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वासअनुसार नेपाली मदजुरहरूले विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास लिन्छन् ।