×

वीरगञ्ज २९ भदौं । पोखारिया नगरपालिका वडा नम्बर ४ निवासी बद्री चौरसियाले आफनो घर निर्माण गर्ने क्रममा सार्वजनीक जग्गा अतिक्रमण गरेको आरोप लागेको छ ।

चौरसियाले घर निर्माणकालागि नगरपालिकाले दिनु पर्ने अनुमती समेत नलिएको स्थानीयहरुले गुनासो गरेका छन् । घर निर्माण गर्दा भवन संहिता अनुरुप प्रक्रिया पुरा गर्नु पर्छ । नगरपालिकाले त्यो पुरा गर्ने शर्तमा घर निर्माणको अनुमती दिने गर्दछ । चौरसियाले नगरपालिकाबाट त्यस्तो अनुमती नलिएको स्थानीयको अरोप छ । यद्धपी घर निर्माणको निवेदन चौरसियाले दुई वर्ष अगाडि नगरपालिकामा दिएको देखिन्छ । तर नगरपालिकाबाट नक्सा पास भने भएको छैन ।

चौरसियाले दुई वर्ष अगाडी घर निर्माणकालागि निवेदन दिने बेलामा पोखरिया नगरपालिका वडा नम्बर ४ का राजेश मिश्रलेपनि २०७५ चैत ९ गते जग्गा अतिक्रमण भएको भन्दै अतिक्रमण हटाउन माग राखेर निवेदन दिएका थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३१ को (ख) बमोजिम धार्मिक स्थल, सार्वजनिक जग्गा, बाटो र नाला आदि संरक्षणको अधिकार र दायित्व स्थानीय सरकारको हुने भएकोले मिश्रले अतिक्रमणमुक्त गराउन माग गरेर उजुरी दर्ता गराएका थिए ।

यस वीच नगरप्रमुख दीपनाराण रौनीयार, राजेश मिश्र र बद्री चौरसियाको वीचमा त्रिपक्षीय वार्ता समेत भएको स्थानीयले बताए । २०७५ चैतको दोश्रो सातामा भएको छलफलमा २०२१ सालको नक्सालाई मान्यता दिने कुरामा सहमती भएको थियो । त्यही छलफलमा नक्सा पास नगरी निर्माण कार्य पनि कुनै हालतमा नहुने प्रमुख रौनीयारले बताएका थिए ।

चौरसियाले आफ्नो स्वामित्वमा रहेको कि.नं. ४७ र ४८ को पूर्व पट्टी १० फिट चौडाइ र करिब ९० फिट लम्बार्ई सम्मको जमिन अतिक्रमण गरेको स्थानीयको आरोप छ । स्थानीयले यो बिषयमा नगरपालिकाको न्यायीक समिति, जिल्ला प्रशासन कार्यालय पर्सामा ०७७ भदौ ५ गतेपनि निवेदन गरेका छन । कोरोना महामारीको संकटको बेलामा अदालत नखुलेकोले निवेदकहरुले अदालत जान नपाएको बताए ।

यो बिषयमा बिवादीत जग्गामै सम्बिधान सभाका सदस्य प्रदुम्न चौहान र स्थानीय भद्र भलाद्मी बसेर छलपल पनि भएको छ । छलफलले निकालेको निष्कार्ष चौरसियाले नमानेको निवेदकको आरोप छ ।

चौरसियाले पोखरयिा नगरपालिकाको न्यायीक समितिलाई लेख्नु भएको प्रतिउत्तरपत्रमा भने आफूले नयाँ घर निर्माण गरेको नभई पुरानै घर निर्माण गरेको दावी लिएका छन् । निवेदकहरुले रिसराग राखेर दुःख दिने नियतले निवेदन दिएको र आफूले सार्वजनीक जमिन अतिक्रमण पनि नगरेको उनको दावी छ ।

निवेदकहरुले लिएको दावी अनुसार नयाँ नक्सामा कित्ताकाट गरेर नै सार्वजनीक जमिन अतिक्रमण भएको छ । ०५६ साल हालसावीक गराउदा कित्ताकाट भएको उनीहरुको दावी छ ।

नयाँ र पुरानो नक्सा सहितको दावी लिएर नगरपालिकाको न्यायीक समिति सम्म उजुरी पुग्दा समेत सार्वजनीक जमिन हो होइन यकिन गर्ने बिषयमा नगरपालिकाले चासो नलिएको निवेदकहरुको गुनासो छ । उजुरीकर्ताहरु रामरिश चौहान, र दिनेश मिश्र सहित स्थानीयले नगरपालिकालाई अनिर्णय बन्दी बनेर बस्ने नभई समस्याको हल खोज्न आग्रह गरेका छन ।

Back to top