वीरगञ्ज २८ भदौं । विगत ६ वर्षदेखि अलपत्र रहेको पर्साको काशी तिवारी पूलको तत्काल सुरु गर्न प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले निर्देशन दिएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तास्थित श्रीसिया खोलामा निर्माण भइरहेको पुलको निरीक्षण गरी दुबै छेउको सडकमा तारजाली तथा बोल्डर गर्नको लागि उनले प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय वीरगञ्जका प्राविधिकलाई लागत स्टिमेट गरी काम शुरु गर्न निर्देशन दिएका हुन् ।
लिपनीविर्ता वडाका वासिन्दाले पुलको काम ८५ प्रतिशत पुरा भइसकेको तर बाँकी ५ प्रतिशत पूरा गराई दुबै छेउको बाटोको निकास निकास गरिदिन आग्रह गरेपछि मन्त्री सोनल पुलको निरीक्षणमा पुगेका थिए ।
उनका अनुसार पुलको दुबै छेउको काम गर्न ५० लाख भन्दा बढीको बजेट आवश्यक देखिएको छ ।
६ वर्ष पहिले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले सो पुल शिलान्यास गरे तपानि सपना निर्माण सेवा हेटौंडाको बदमासीको कारण ६ वर्षमा पनि काम पुलको हुन सकेको छैन ।
अढाई करोड बजेट रहेको सो पुलको २०७१ मसिर २४ मा शिलान्यास भई २०७३ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न गराउनु पर्ने ठेकेदार कम्पनीले सडक डिभिजन कार्यालय हेटौंडासँग सम्झौता गरेको थियो ।