वीरगञ्ज २८ भदौं । पर्सामा प्रहरीले अवैध कुखुराकाे चल्लासहित २ व्यक्तिलाई पक्राउ गरेकाे छ ।
पर्सा बिन्दवासनि गाउँपालिका वडा नम्बर ३ झैवागुठ्ठी निवासी ३० बर्षिय ललन साह कानु र भारत बिहार पुर्वी चम्पारण महादेवा बस्ने बर्ष २७ को नरेश यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
विषेश सुचनाको आधारमा शनिबार विहान ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिकाकाे वडा नम्बर २ नगरदाहबाट अवैध ३९ कार्टुन कुखुराकाे चल्लासहित दुबै जनालाई नियन्त्रमा लिएकाे जनाएकाे छ ।
विआर २२के१५१९, विआर ०५एन ७७६५ र ना ९ प ४०२६ नम्बरको माेटरसाइकलमा अवैध रुपमा भारत रक्शौलबाट ल्याउदै गरेको कुखुराको चल्ला ३९ कार्टुन ( २४०० वटा) फेला पारेकोमा निजहरुलाई चल्ला र सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला पशु क्वारेन्टाईन सिर्सियामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।