×

वीरगञ्ज २७ भदौं । भाईजान्स अफ वीरगञ्ज संस्थाले पर्सेली सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मान समारोह कार्यक्रमको आयोजना गरी सम्मान गरेको थियो ।

वीरगञ्जलगायत विश्वमा कोभिड -१९ भाईरसको महामारीले त्रशीत भएको अवस्थामा पनि पर्सेली पत्रकारहरुले आफ्नो ज्यानको प्रवाह नगरी फ्रन्ट लाईनमारहि सत्यतथ्य समाचार सम्प्रेषण/रिपोर्टिङ गरी सम्पुर्णमा सहयोग र योगदान दिँदै आईरहेका त्यस्ता पत्रकारलाई हौसला बढाउन र जिम्मेवारी पुर्वक काम गर्न योगदान पुर्याउने मद्दत पुग्ने भएकोले दोसल्ला ओढाई प्रशन्सा-पत्र सहितले सम्मान गरिएको भाईजान्स अफ वीरगञ्जका अध्यक्ष नौसाद अन्सारीले बताए।

सम्मानित हुनुहुनेमा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्साका अध्यक्ष श्याम बन्जरा, बिबिसी नेपाल वीरगञ्जकी सम्बादाता माधुरी महतो, रेडियो वीरगञ्जकी बिमला गुप्ता, राजधानी दैनिकका विजय भण्डारी, एभिन्युजका राजन रौनियार, नेपाल टेलिभिजनका नेहाल खान, कान्तिपुर दैनिकका भुषण यादव, जनता टेलिभिजनका सन्जिब मिश्र, रातोपाटिका अमित अग्रवाल, न्युज २४ का जाकिर हुसेन, अंकुश दैनिकका संतोषमान रन्जितकार, पर्सा पोस्टका प्रकाशक अजित कुमार भुजेल, न्युज प्वाईन्टका मन्सुर खान, वीरगञ्ज सञ्जालका कृष्णा श्रीवास्तव, प्रहार डेलिडट कमका राहुल गुप्तालगायत २५ जना पत्रकारलाई सम्मान गरिएको संस्थाका वीरगञ्जका सचिव जुनेद अहमदले जानकारी दिए ।

त्यसैगरी भाईजान्स अफ वीरगञ्जले यश अघि कोभिड-१९ कोरोनाभाईरसमा आफ्नो परिवार र आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र कोरोना संक्रमितहरुको सेवा गर्दै आईरहेका वीरगञ्जका चिकित्सक, स्वास्थ्यकर्मी र सफाईकर्मी लाईपनि सम्मान गरेको थियो । भाईजान्स अफ वीरगञ्ज छोटो समयमा नै समाजिक कार्यमा धेरै काम गर्दै आईरहेको संस्था हो ।

भाईजान्स अफ वीरगञ्जका अध्यक्ष नौसाद अन्सारीको अध्यक्षतामा र नेपाल पत्रकार महासघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्य भएको पत्रकार सम्मान समारोहमा विशिष्ठ अतिथि प्रदेश न. २ का उपाध्यक्ष केसि लामिछाने, पर्साका अध्यक्ष श्याम बन्जरा, भाईजान्स अफ वीरगञ्जका उपाध्यक्ष साहिब खान, सचिव जुनेद अहमद , सल्लाहकार जब्बार अन्सारी, सदस्य रोशन जंग बहादुर , अख्बर मन्सुरी, अक्रम हुसेन, गुलसन यादवलगायतकाको सहभागीता रहेको थियो ।

कार्यक्रम संचालन भाईजान्स अफ वीरगञ्जका सदस्य साहिब अन्सारीले गरेका थिए ।

Back to top