×

वीरगञ्ज २७ भदौं । कम्प्युटर एशोसिएशन महासङ्घ बाराले कलैया उपमहानगरपालिकाको भरतचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ६३ जनाले रक्तदान गरेका छन्।

एशोसिएशनका अध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य पारसप्रसाद साहले गरेका थिए।

कार्यक्रमको शुभारम्भ अध्यक्ष ठाकुरले रक्तदान गरी गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धीरेन्द्र झाले बताए।

कार्यक्रममा सञ्जु चापागाईं, साजन गुप्ता, दुर्गा सिंह, शशिभूषण केशरी, विनोद साह, सञ्जय केसरी, देवनाथ पटेल, उमाशङ्कर पण्डित, केशव साह, राजु साह, तनवीर आलम, दीपेन्द्र हजरालगायतले रक्तदान गरेका थिए।

Back to top