×

वीरगञ्ज २७ भदौं । विगत २० वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटेको संयुक्त टोलिले विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै आएको फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने शम्भु चौधरी रहेका छन् । उनलाई २०५७ साल माघ १८ गते पर्सा जिल्ला अदालतले लागूऔषध मुद्दामा ११ महीना कैद र रु ५ हजार जरिवाना तोकेको थियो ।

सजाय तोकेपछि फरार रहेका उनलाई पर्सा प्रहरीले शुक्रबार पक्राउ गरेको छ। उनलाई गाउँमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरी अदालतमा पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Back to top