पोखरा १० भदौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट बिधार्थी संगठन अनेरास्वीयूका केन्द्रीय नेता क्षितिज सापकोटाको नेतृत्वमा पोखरामा मोवाइल फुड सेन्टर शुरु भएको छ ।
फुड सेन्टरबाट खाद्यान्न अभाव भएकाहरुले आवश्यक सामग्री लिएर जाने तथा हुनेहरुले सहयोग गर्न सक्ने छन् । “छ भने दिएर छैन भने लगेर सहयोग गरौँ ” भन्ने नारा सहित सेन्टरबाट खाद्य सामग्री लैजान सकिने व्यवस्था गरिएको अनेरास्वीयूका केन्द्रीय नेता क्षितिज सापकोटाले जानकारी दिए।
“कोरोना महामारीले अहिले सबै क्षेत्र प्रभावित छ, त्यसमा पनि साँझ विहान हातमुख जोर्न नसक्ने तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर बढी प्रभावित छन्,उनीहरुलाई भौकै बस्न नपर्ने गरी सहयोग गर्न सेन्टरको स्थापना गरिएको हो”, सापकोटाले भने ।
मोवाइल फुड सेन्टरमा शहीद बेपत्ता स्मृति स्र्पोटस् स्कुलको सहकार्यमा रहेको छ।
पहिलो दिन पोखरास्थित पृथ्वीचोकमा सेन्टर रहेको र एक सातासम्म पोखराका विभिन्न स्थानमा राखिने स्र्पोटस् स्कूलका उपाध्यक्ष विशाल तामाङले बताए ।