×

वीरगञ्ज १ भदौं । पर्सामा ११ जना कोरोना सङ्क्रमणमुक्त भइ २ महिलासहित ११ जना वीरगञ्जको कोभिड अस्पतालबाट डिस्चार्ज भएका छन् ।

वीरगञ्जस्थित अस्थायी कोभिड विशेष अस्पताल गण्डकबाट सोमबार ११ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएकाहरुको दोस्रो पटक पिसिआर प्रविधिबाट नारायणी अस्पतालमा स्वाबको नमूना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । सङ्क्रमणमुक्त हुनेमा २० वर्षका युवादेखि ५३ वर्षका वृद्ध समेत रहेका छन् ।

डिस्चार्ज हुनेमा ९ जना पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जको वडा नं.८, ११, १२, १४ वासी रहेका छन भने बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ एक जना र कलैया उपमहानगरपालिका वडा नं. १ का एक जना रहेका छन् ।

सङ्क्रमण मुक्त हुनेमा एक जना नारायणी अस्पतालका कर्मचारी र एक जना वीरगञ्जस्थित सिता अस्पतालका कर्मचारी समेत रहेको नारायणी अस्पतालले जनाएको छ ।

Back to top