×

वीरगञ्ज १ भदौं । जिल्ला प्रहरी कार्यालय पर्साले एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटाइएको टोलिले पर्साको छिपहरमाई गाँउपालिका वडा नम्बर २ चेरगाहाबाट अवैध ३ लाख ८५० रुपैया सहित स्थानिय सुरेन्द्र प्रसाद गुप्तालाई पक्राउ गरेको हो ।

टिहुकी प्रहरी चौकीका इन्चार्ज पवन झाको नेतृत्वको खटेको टोलीले ३५ वर्षीय गुप्तालाई नगद र ना १७ प १७८१ नम्बरको मोटरसाईकल सहित आइतबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Back to top