वीरगञ्ज १ भदौं । विगत पाँच महिलादेखि दुई चरणमा लागेको लकडाउनले आम मानिसको जीवन कष्टकर बन्दै गएको छ ।
दैनिक उपयोगको बस्तुदेखि अति आवश्यक औषधिसम्मको लागि आम जनतालाई निकै संघर्ष गर्नुपर्ने अवस्था सृजना हुँदै गएको छ । त्यसैगरी नेपालमा उपलब्ध नभएका र भारतबाट मगाएर प्रयोग गर्नुपर्ने औषधिको आपूर्ति नहुँदा स्थानीय थप मार्कामा परेका छन् ।
यसैबीच ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले सामुदायिक प्रहरीसँगको सहकार्यमा भारतबाट ल्याएर प्रयोग गर्नुपर्ने औषधि मगाउन थालेको छ । समुदायका अध्यक्ष प्रकाश खेतानले भारतबाट अति आवश्यक औषधि मगाएर आफुहरुले आम जनतालाई विगत ५/६ दिनदेखि सहयोग गर्दै आएको बताए ।
उनले औषधि जस्तो महत्वपूर्ण बस्तु बिना कसैले आफ्नो ज्यान गुमाउँनु नपरसो भन्ने उद्द्येश्यले प्रहरीसँगको सहकार्यमा सेवा सुरु गरिएको जानकारी दिए ।
ग्रीन सिटीले अति आवश्यक औषधि सहज ढंगले उपलब्ध गराउँन थालेपछि धेरै राहत पुगेको स्थानीयहरुले बताएका छन् ।
उनले अहिलेपनि कसैलाई भारतबाट औषधि मगाएर प्रयोग गर्नुपरे आफुलाई सम्पर्क गर्न जानकारी गराए । उनले औषधि चाहेको अवस्थामा ९८५५०३६६१० नम्बरमा सम्पर्क गर्न आग्रह गरे ।