×

वीरगञ्ज ३२ श्रावन । नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शनिबार उपचारको क्रममा नारायणी अस्पतालको सेमी आइसोलेनसनमा मृत्यु भएका रौतहट जिल्लाका ३२ वर्षिय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

क्षयरोगबाट सङ्क्रमित ती युवालाई शनिबार श्वासप्रश्वासमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पताल वीरगञ्जका इन्चार्ज डाक्टर उदय नारायण सिंहले बताए ।

"हिजो पाँच बजेको साँझ तिर उनलाई श्वासप्रश्वासमा समस्या भएको भन्दै उनका परिवारका व्यक्तिले भर्ना गरेका थिए, पहिला देखिनै क्षयरोगका रोगी उनलाई हामीले इमर्जेन्सीमा भर्ना गर्यौ,' डा. सिंहले भने, 'उनलाई हामीले अहिले इमर्जेन्सीबाट सिफ्ट गरेर आइसियुमा लाग्नु भन्दा पहिलानै ८ बजे उनको मृत्यु भयो ।'

मृत्यु पश्चात उनको स्वाब संकलन गरेर नारायणी अस्पतालको पीसीआर प्रयोशालामा परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको छ । उनको शव अहिले नारायणी अस्पतालमै राखिएको छ र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

Back to top