वीरगञ्ज ३२ श्रावन । नेपाल औषधि व्यवस्था बिभागले कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी मानिएको औषधि ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको छ।
शनिबार बसेको औषधि सम्बन्धि सरोकारवालाका बिभिन्न सात सँस्थाका प्रतिनिधिहरुको बैठकले गरेको निर्णयअनुसार बिभागले तीन कम्पनीलाई ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको हो।
उक्त बैठकले कार्यविधि बनाएर ७२ घण्टाभित्र ‘रेमडिसिभिर’ आयात गर्ने माहोल बनाउन बिभागलाई सहमत गराएको थियो। सोहिअनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बिभागलाई पत्र लेखेको थियो।
परिषदको पत्र पाएपछि बिभागले शनिबार बेलुका बैठक डाकेर तीनवटा कम्पनीलाई ७२ घण्टाभित्र ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको हो। बिभागले भारतको औषधि कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर मात्रै आयात गर्न सकिने निर्णय गरेको छ।