×

वीरगञ्ज २५ श्रावन । पछिल्लो २४ घण्टामा नेपालमा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।

नेपालमा हाल ६ हजार ५४४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५१५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४ लाख ४३ हजार ८०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ४० जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ रहेको छ।

Back to top