×

वीरगञ्ज २४ श्रावन । पर्साको सखुवा पर्सौनी गाउँपालिकाले गाउँका सडकहरु मर्मत नगर्दा जनतालाई सास्ती भोग्नु परेको छ । समयमा सडक निर्माण नगर्दा वर्षा हुँदा सडक हिलाम्य भएपछी स्थानीयहरुलाई सास्ती भोग्नु परेको हो ।

निर्वाचन जनप्रतिनिधि जनताको काम बिर्सेर गायब भएपछी नेपाल कम्युशिष्ट पार्टी पर्साका युवा नेता यशवन्त यादवले संखुवा प्रसौनी गाँउपालिकामा वडा नं. ६ को सडक मर्मत गराएका छन् । नेता यादवले वडा नं. ६ को लखनपूर गाउँ प्रवेश गर्ने बाटोमा बालुवा खसाल्न लगाई बाटो मार्मत गराएका हुन् ।

गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल र वडा अध्यक्ष लालबाबु यादवलाई स्थानीयहरुले बाटो मर्मत गर्न पटक-पटक आग्रह गर्दापनि उनीहरुले वास्ता गरेपछी नेकपाका नेता यादवले आफ्नो व्यक्तिगत खर्चमा बाटोमा बालुवा र माटो खसाल्न लगाएर मर्मत गराएका हुन् ।

'बाटो बिग्रेर स्थानीयहरुलाई एकदमै गाह्रो थियो, आवश्यक कामका लागि जान समेत स्थानीयहरुले लामो वैकल्पिक बाटो प्रयोग गर्दै आएका थिए,' नेता यादवले भने, 'गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जनताले पटक-पटक गुहार लगाउँदा पनि उहाँहरुले केहि गर्नु भएन, बाध्य भएर मैले आफ्नो खर्चबाट भएपनि बाटो मर्मत गर्न लगाएका हुँ ।'

नेता यादवले स्थानीय युवा राजकिशोर सहनीसँगको आर्थिक सहयोगमा बाटोमा ४९ ट्रेलर माटो र बालुवा खस्लान लगाएका छन् । अहिले बाटो बनेर स्थानीय हर्सित भएका छन् ।

'हामीले भोट दिएर जिताएका जनप्रतिनिधिले गर्नुपर्ने काम यशवन्त यादवले गरिदिनु भएको छ,' एक स्थानीयले भने, 'निर्वाचित त् सबै भ्रष्टाचारमा व्यवस्त छन् ।'

बाटो मर्मत गर्ने क्रममा स्थानीयहरु गदम कमकर, राजु पासवान, तापी यादव, विनोद साह तेली, प्रभु सोनार, गान्धी तेली, हरेन्द्र साह तेली, हाकिम मियाँ, सलिम मियाँ, उमेश यादव, अमिताभ कानु, कोलई मियाँ, जितु कमकर, किरण सिंह, कुन्दन सिंहलगायतले समेत श्रम दान गरेका थिए ।

Back to top