×

आशुकुमार सर्राफ / वीरगञ्ज २४ श्रावन । पर्साको छिपहरमाई गाउँपालिकाका स्थानीयहरु कोरोना परिक्षणको दायरा बढाउन माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

छिपहरमाई गाउँपालिकामा हालसम्म ५ वटा भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित भेतिसक्दा समेत गाउँपालिका कार्यालयले परिक्षणको बढाउन कुनै पहल नगरेको आरोप लगाउँदै स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय युवाहरुले टोलिले शनिबार मिर्जापुर गाउँबाट र्‍याली निकालेर गाउँपालिका कार्यालय अगाडी पुगी नारावाजी समेत गरेका थिए । पिसिआर परिक्षणको दायरा बढाउन, गाउँपालिकाले कोरोना सङ्क्रमणका बेला गरेको काम कारवाहीको विविरण सार्वजनिक गर्न, गाउँपालिकाका अहिलेका पुर्व तयारीको बारेमा जानकारी माग गर्दै नाराबाजी गरेका थिए ।

युवाहरुले पर्साको वीरगञ्ज महानगरपालिकामा चलिरहेको एक घर एक पिसिआर परिक्षण अभियान जस्तै गाउँपालिकामा समेत एक घर एक कोरोना परिक्षण अभियान चलाउन माग समेत गरेका थिए ।

स्थानीय युवा समाजसेवी जितेन्द्र मिश्रको अगुवाईमा भएको विरोध कार्यक्रममा, रामपुकार यादव, पानालाल यादव, नरेश यादव, पप्पु यादवलगायत युवाहरुको सहभागिता रहेको थियो ।

Back to top