×

वीरगञ्ज २४ श्रावन । आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेका जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

उपत्यकासहित देशभर शुक्रबार रातिदेखि नै सामान्य वर्षा भइरहेको छ। शनिबार राति पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ।

भोलि आइतबार पनि प्रदेश नं. १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

सोमबार पनि देशभर सामान्य बदल रही देशका केही स्थानहरूमा मध्यम वर्षा तथा प्रदेश नं. १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमका थोरै स्थानहरू भारी वर्षाको समेत सम्भावना छ।

देशका प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने विभागले चेतावनी दिएको छ।

Back to top