×

आशु कु. सर्राफ/वीरगञ्ज २३ श्रवन । सर्वसाधारण तथा गरीब विपन्न परिवारको आशाको केन्द्र तथा विश्वासको थलोको रुपमा परिचित वीरगञ्जस्थित नारायणी अस्पतालमा अहिले विभिन्न किसिमका उतारचढावहरु आइरहेका छन् ।

कहिले कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्ने थलो बन्छ त कहिले अन्य जनरल सेवाहरु सुचारु गर्ने थलो ।

शुरुमा संक्रमितहरु देखिएपछि अरु ठाउँमा बिकल्प नहुँदा नारायणी अस्पतालमै उपचार थालियो । अनि पछि कोरोना संक्रमीतहरुको उपचार थाल्दा अन्य सेवा प्रभावित भएपछि विभिन्न सामाजिक अभियानता तथा सरोकारवालाहरुले घरघरमै अनसन, विभिन्न प्रदर्शन तथा आन्दोलन गरेपछि नारायणी अस्पतालमा पुनः जनरल सेवा सुचारु भयो । तर अहिले आएर फेरी पनि मन्त्रायले कोरोना संक्रमितको उपचार थाल्न पत्र काटेपछि यसको सर्वत्र विरोध हुन थालेको छ ।

नारायणी अस्पतालमा जनरल सेवा सुचारु गर्न महत्वपुर्ण भुमिका खेल्नुभएका सामाजिक अभियानता एवम् जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफले कुनै पनि अवस्थामा नारायणी अस्पतालको जनरल सेवा अवरुद्ध गरेर जनताको आशाको केन्द्रलाई निराशामा परिणत गर्न नहुने दावि गर्नुभयो ।

प्रदेश न. २ का आठ वटै जिल्लाका सर्वसाधारण तथा विपन्न परिवारहरुको विश्वासिलो अस्पतालमा अन्य सेवाहरु अवरुद्ध गर्दा अन्य निजि क्लिनीक तथा स्वास्थय संस्थाहरुमा उपचार गर्ने अवस्था नभएका विपन्न परिवारका बिरामीहरुले अकालमै मृत्युको मुखमा पुग्नुपर्ने वाध्यता रहेको बताउनुभयो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्ययसँग भेटेरै उहाँले पिसिआर परिक्षणको रिपोर्ट ढिलाई हुँदा उनिहरुले रिपोर्ट आउँदा सम्मको अवधिमा अरु धेरैलाई सार्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

साथै उहाँले पिसिआर रिपोर्टको व्यवस्थापन तथा जनरल सेवा सुचारु गर्नका लागि सुचना डेस्कको स्थापना गर्न पनि माग गर्नुभएको छ ।

Back to top