×

वीरगञ्ज २३ श्रावन । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीका बुवा र आमा दुवैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सरावगीका ७२ वर्षिय बुवा र ६८ वर्षिया आमामा समेत कोरोना पुष्टि भएको हो ।

उहाँहरु हाल वीरगञ्ज-१३ स्थित आफ्नो निवासमै होम आइसोलेसनमा रहेको स्रोतले जनाएको छ । नगरप्रमुख सरावागीमा गत हफ्ता कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसअघि सरावगीकी श्रीमती र कान्छी छोरीमा समेत कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

Back to top