×

वीरगञ्ज २२ श्रावन । प्रकृतिक रूपले मृत्युु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मुर्लिका एक वृद्धमा कोरोना सक्रमण पुष्टि भएको छ ।

श्रावन २० गते आफ्नो घरमै मृत्यु भएका ८० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।

मूर्लीस्थित आफनै घरमा मङ्गलबार राति मृत्यु भएपछि वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइ थियो।

बिहिबार नारायणी अस्पतालको पिसिआर ल्याबले सार्वजनिक गरेको रिपोर्ट अनुसार वृद्धमा कोरोना सङ्क्रमण देखिएको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी गराए ।

यसअघि वीरगञ्जको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–१० आदर्शनगर घर भएका ५६ वर्षीय पुरुष गण्डकस्थित अस्थायि कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साँझ आएको पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको थियो ।

यससँगै पर्सामा श्रावन यता मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

Back to top