×

वीरगञ्ज २२ श्रावन । वीरगञ्जस्थित हिमाञ्चल केबिनका सञ्चालक विजय राजकर्णिकारको कोरोना सङ्क्रमणबाट निधन भएको छ । राजकर्णिकारको बिहिबार दिउँसो उपचारको क्रममा काठमाडौँ पाटन अस्पतालमा निधन भएको हो ।

मुटुको रोगले ग्रसित राजकर्णिकारलाई केहि दिन अगाडी रुघाखोकी लागेर श्वाशप्रश्वासमा समस्या देखेपछि उनि सपरिवार उपचारका लागि काठमाडौँ पुगेका थिए ।

काठमाडौंमा पुग्दा कोरोना सङ्क्रमणको शङ्का लागेर राजकर्णिकारसहित उनको परिवारका सदस्यको पिसिआर परिक्षण गर्दा उनमा र उनकी दिदिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनकी दिदी सामान्य अवस्थामा घरमैं आइसोलेसनमा बसिरहेकी छन् ।

वीरगञ्ज जेसिसका पुर्व अध्यक्ष राजकर्णिकार वीरगञ्जस्थित ज्ञान ज्योति माध्यमि विद्यालयका निर्देशक समेत हुन् । उनको निधनले वीरगञ्जलाई ठुलो क्षति पुगेको यात्रा डेली प्रालिका सञ्चालक एवम् निर्देशक रामकुमार सर्राफले बताए । सर्राफले राजकर्णिकार एकदमै मिलनसार र सहयोगी मनका धनि व्यक्ति भएको बताए ।

Back to top