वीरगञ्ज २२ श्रावन । मंगलबारदेखि एक्कासि खाेकि सुरू भएर रूक्दै नरूक्ने समस्याले ग्रसित नेकपा युवा नेता अरविन्द सिंहकाे वीरगञ्जमा नगेटिभ अाएकाे रिपोर्ट काठमाडौंमा पाेजेटिभ अाएकाे छ ।
काठमाडौंकाे मेडासिटि हाेस्पिटलकाे अाइसियुमा उपचाररत नेता सिंहकाे रिपोर्ट साझ पाेजेटिभ अाएकाे काठमाडौंस्थित ल्याबलाई उदृत गर्दै डा. निरज सिंहले जानकारी गराएको छ ।
मंगलबार वीरगञ्जको काेभिड अस्पताल गण्डकमा भर्ना भएर उपचार गराईरहेका सिंहकाे रिपोर्ट नारायणी अस्पतालकाे पिसिअार ल्याबमा बुधबार काेराेना नगेटिभ अाएपछि प्रभु हस्पिटल रेफर गरिएको थियाे ।
प्रभु हस्पिटलमा पनि खाेक्ने समस्या अझै सुधार नभएकाले बुधबार नै हेलिकप्टर चार्टर्ड गरि काठमाडौं लगिएको थियाे ।
काठमाडौंमा भर्ना लग्तै स्वाब कलेक्शन गरिएकोमा अाज साझ उनमा काेराेना संक्रमण पुष्टि भएको हाे । मेडिसिटि अस्पतालकाे अाईसियुमा उपचाररत उनकाे समस्या सुधारमुख रहेको उनिसँगै गएका राजन श्रीवास्तवले बताए । चिकित्सकका अनुसार समस्या सुधारमुख देखिएपनि काेराेनाकाे प्रभावकारी सुई रेम्डेशिभिर भए जतिसक्दो चाडैं रिकभर हुनथियोे ।
याे अाैषधि हाल अाैषधि व्यवस्था विभागमा समेत दर्ता नरहेकाले उपलब्ध हुन समस्या हुने चिकित्सक डा. निरज सिंहले बताए ।
यता पर्सामा नगेटिभ अाएकाे नेता सिंहकाे रिपोर्टलाई अधार मानेर नारायणी अस्पताललाई प्रश्न उठाउन नमिल्ने साेहि अस्पतालका चिकित्सक डा. उदयनारायण सिंह बताउँछन् ।
विश्व मान्यता अनुसार कुनैपनि पिसिअारले एकसय प्रतिशतमा २० प्रतिशत काेहिकाेहिमा नगेटिभ देखाउन सक्छन् ।
स्वाबकाे नमुना लिदाँ संक्रमण भाइरस किटमा नबसेकाे बेलनपनि नगेटिभ देखाउन सक्ने उनको भनाई छ ।