वीरगञ्ज २२ श्रावन । सिरहामा विद्यार्थी जनमत संघले रक्तदान कार्यक्रम गरेको छ । कोरोना भाईरसका कारण देखिएको रगत अभाव कम गर्न सहयोग पुर्याउने उदेश्यले विद्यार्थी जनमत संघ सिरहाले रक्तदान गरेको हो ।
जनमत पार्टी कार्यालय सिरहाको प्राङगणमा आयोजना गरिएको उक्त रत्तदानमा ५० जनाले रक्तदान गरेको जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीले जनकारी दिए ।
सो रक्तदान कार्यक्रममा जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषण यादव, संघका केन्द्रीय सदस्य दिपेन्द्र कुमार यादव र नवरतन साह, बुद्धिजिवी, समाजसेवी, विधार्थीहरु,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।