×

वीरगञ्ज २२ श्रावन । वीरगञ्जको स्वास्थ्य उपचार विश्वसनिय नभएको भन्दै पछिल्लो ३ दित यता ४ जना विरामी उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ गएका छन् ।

यही श्रावन २० गते मंगलवार वीरगञ्जको आर्दशनगरबाट १ जना सुत्केरी महिला हेलिकप्टर मार्फत काठमाडौँ गएकी हुन् । वीरगञ्ज महानगरपालिका वडा न. ६ बस्ने सुत्केरी रहेकी अन्नु क्याललाई काठमाडौँ पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

त्यसैगरी २१ गते बुधवार आर्दशनगरबाटै एक जना मुटुरोगबाट पिडित विरामी र श्वासप्रश्वासमा समस्या देखिएका अर्का एक जना विरामी काठमाडौँ गएका हुन् । मुटुरोगबाट ग्रसित रहेका वीरगञ्ज महानगरपालिका वडा न. १० आदर्शनगर निवासी ६५ वर्षिय घनश्याम चाचन र श्वास प्रश्वासमा समस्या देखिएका वीरगञ्ज महानगरपालिका वडा न. ४ बिर्ताका ४३ वर्षिय अर्विन्द सिँह हेलिकप्टरमार्फत काठमाडौँ गएका हुन् ।

यस्तै २२ गते विहिवार पनि वीरगञ्ज महानगरपालिका वडा न. ६ निवासी डा. नविन चौधरीकी सुत्केरी रहेकी श्रीमति ३१ वर्षिय अल्का कुमारी पनि काठमाडौँ गएकी हुन् ।

यहाँका निजि अस्पताल तथा स्वास्थ्य संस्थाले कोरोनाको आशंकामा भर्ना लिनि छाडेपछि बिरामीहरु चार्टड हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौँ जाने क्रम बढेको हो ।

सम्पन्न परिवारका बिरामी हेलिकप्टरमार्फत उपचारको लागि संघिय राजधानी जाने क्रम बढेपछि विपन्न परिवारका विरामीहरुले स्थानीय चिकित्सकहरुमाथि गर्ने विश्वास टुट्न थालेको छ ।

हुने खाने परिवारका विरामी हेलिकप्टर मार्फत काठमाडौँ गएर उपचार गराउँदा हुँदा खाने परिवारका सर्वसाधारण तथा गरिब बिरामीहरु रोगले पिल्सिएर बस्नुको बिकल्प छैन ।

वीरगञ्जमा श्रावन महिना यता चिकित्सकहरु धमाधम कोरोना संक्रमीत देखिन थालेपछि उपचार गर्ने चिकित्सकहरुको अभाव भएको चिकित्सकको प्रतिक्रिया छ ।

Back to top