वीरगञ्ज ९ श्रावन । वीरगञ्जमा एक कोरोनाको शंकास्पद विरामीको मृत्यु भएको छ ।
वीरगञ्ज परवानीपुर निवासी ३५ वर्षिय एक मुस्लिम महिलाको मृत्यको भएको हो । उनलाई कोरोना लागेको सङ्का गरिएको छ ।
गएराती कोरोनोको सङ्का लागेर उक्त महिलालाई गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताए ।
उनमा कोरोनाभाइरसको लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आईसियुमा राखेर उपचार भईरहेकोमा शुक्रबार निधन भएको हो ।
आज उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतक महिलाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागी नारायणी अस्पतालको प्रयोगशाला पठाइएको डा. सिंहले जानकारी दिए । परीक्षणको रिपोर्ट नआएसम्म कोरोनोबाट नै मृत्यु भएको हो भनेर नभन्न सकिने उनले बताए ।
गण्डक अस्पतालमा हाल ४७ जना आइसोलेशनमा छन्। त्यसमध्ये तीनजना आइसियूमा छन्। आइसियूमा रहेका तीनमध्ये एकजनाको अवस्था निकै गम्भीर छ ।
आज बिहान मात्रै वीरगञ्जमा एक ८५ वर्षिय वृद्ध महिलाको कोरोनोबाट मृत्यु भएको थियो ।