वीरगञ्ज - पर्सा क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य हरीनारायण रौनियारले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपर्ने आवश्यक्ता औल्याउनुभएको छ ।
समुदायस्तरमै संक्रमण फैलिसकेको अवस्थामा निषेधाज्ञा जारी नगरे अँझै बिकराल अवस्था आउन सक्ने बताउँदै थप गम्भिर बन्नुपर्ने बताउनुभयो । स्थानीयलये पनि आफ्नो स्वास्थ्यप्रति लापरवाही गरेको भन्दै स्थानीय प्रशासनले यसतर्फ ध्यान केन्द्रित गरेर पिसिआर परिक्षणलाई तिब्रता दिनुपर्ने उहाँको माग छ ।
लकडाउनको उलंघन गर्नुका साथै मास्क नलगाएर आवतजावत गर्ने लगायतका क्रियाकलापहरु बढीरहेको भन्दै यसले भोलिका दिनमा थप जटिल अवस्था आउने सक्ने उहाँको अनुमान छ । जनता समाजवादी पार्टीका नेता समेत रहनुभएका रौनियारले पिसिआर परिक्षणको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो ।
परिक्ष्णलाई तिब्र बनाउनुपर्ने बताउँदै उहाँले सबैको सक्रियतामा सर्तकता अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।