×

वीरगञ्ज २५ असार । नेपालमा भारतीय टेलिभिजन च्यानल माथि प्रतिबन्ध लागेको छ । टेलिभिजन वितरकहरुले नेपाल सम्बन्धी अफवाहपूर्ण विषयवस्तु सम्प्रेषण गरेपछि भारतीय समाचार च्यानलमाथि प्रतिबन्ध लगाएका हुन् ।

स्रोतका अनुसार दर्जनभन्दा बढी भारतीय च्यानलको प्रशारण नेपालमा अब बन्द भएका छन् । डिशहोम, विभिन्न केवल सेवाप्रदायक र आईपीटीभी सेवा प्रदायकहरुबाट वितरित टेलिभिजन प्रशारणमा यस किसिमको रोक लागेको हो ।

देशको प्रधानमन्त्रीको चरित्रमाथि नै घृणा उत्पन्न हुने गरी गलत समाचार सम्प्रेषण गरेको पाइएपछि सेवाप्रदायकले स्वविवेकपूर्ण निर्णयका आधारमा प्रतिबन्धको निर्णय गरिएको मेगा म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

यद्यपी सरकारले भने भारतीय टेलिभिजन च्यानल प्रतिबन्धको निर्णय गरिसकेको छैन ।

टेलिभिजनबाट प्रशारण हुने च्यानलमाथि प्रतिबन्ध लागेपनि फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कार्य भने चुनौतिपूर्ण देखिएको छ ।

Back to top