काठमाडौँ २५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको आरटीपीसीआर परीक्षणमा थप १०८ जनामा कोरोना पोजिटिभ देखिएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १४९ जना कोरोना मुक्त भएर विभिन्न आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ।