×

वीरगञ्ज २४ असार । प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले कान्तिपुर टेलिभिजन र कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीलाई कारवाही गर्ने माग गर्नुभएको छ ।

कान्तिपुर टेलिभिजन ह्वाट द् फ्लप कार्यक्रमको एउटा श्रंखलामा मधेसी समुदाय र विशेषगरी मधेसी महिलालाई अपमान गर्नेगरि सामग्री सम्प्रेषण गरेको बताउँदै प्रदेश सांसद् यादवले टेलिभिजन र प्रस्तोता क्षेत्रीलाई कारवाही गर्न माग गर्नुभएको हो ।

प्रदेश सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै कान्तिपुर टेलिभिजन र कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीलाई कानुनि कारवाही गर्दै कार्यक्रममा रोक लगाउँने समेत गर्नुभएको छ ।

'मधेसी समाज र मधेसी महिलालाई अपमान गर्दा हामी सहेर बस्न सक्दैनौँ,' सांसद् यादवले लेख्नुभएको छ, 'कान्तिपुर टेलिभिजनको कार्यक्रममा मधेसी महिलालाई चित्रण गरिएको तरिका निन्दनीय र आपत्तिजनक छ, मधेसमा महिला अगाडी बढिरहेको बेला यसरि होच्याएर महिलालाई चित्रण गर्नु अपराध हो ।'

जनता समाजवादी पार्टीकी नेतृ समेत रहेकी यादवले सन्दिप क्षेत्रीको कार्यक्रम बन्द हुनुपर्ने धारणा राख्नुभएको छ । 'आज हामी २१ औं स्तावादीमा बाँची रहेका छौँ, सम्पूर्ण विश्व भेदभाव अन्त्य गरेर एकुजुट हुँदापनि हाम्रो समाजमा यस्तो कार्यक्रम चल्नु चिन्ताजनक छ । यस्तो कार्यक्रम तत्काल बन्द गर्नुपर्छ ।'

उनले कान्तिपुर टेलिभिजनले सम्पूर्ण मधेसी जनतासँग माफी माग्नु पर्ने बताउँदै टेलिभिजन र क्षेत्रीलाई कारवाही नगरिए आफु महिला अधिकारकालागि सडकमा आएर संघर्ष गर्न समेत पछाडी नहट्ने बताउनुभएको छ ।

Back to top