×

वीरगञ्ज २४ असार । पर्साको छिपहरमाई गाउँपालिकामा एक पुरुषले आत्महत्या गरेका छन् ।

सोही गाउँपालिकाको वडा नं. ४ बञ्जारीमा विनोद यादवले पाँसो लगाएर आत्महत्या गरेका हुन् । यादवको शव घर नजिकै रहेको कदमको रुकमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

मृतक यादव बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ३ हर्दिया पसरामपुर निवासी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी विगत ८-१० वर्ष देखि छिपाहरमाईमा रहेको आफ्नो ससुरालीमा बस्दै आएका थिए ।

मृतक यादवको दुई छोरा एक छोरी गरी तीन जना सन्तान रहेको स्थानियहरुले बताएका छन् । उनको शरीर पोस्ट मार्टामका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय छिपहरमाई गाउँपालिकाको बञ्जारिमा आत्म हत्या गर्नेहरुको संख्या बढेको छ । आत्महत्याको दरमा वृद्धि भएपछि स्थानीय चिन्तित बनेका छन् । बञ्जारी गाउँमा पछिल्लो एक महिनाको अन्तरालमा यो तेस्रो आत्महत्याको घटना हो ।

Back to top