वीरगञ्ज २३ असार । बारा प्रहरीले मास्क प्रयोग नगर्ने २ सय ३६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताए ।
मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत जरिवाना तिराएर छोड्ने गरेको छ ।
बारामा आज २३ गते लक्डाउन उल्लंघन अन्तरगत मास्क नलगाई हिडडुल गर्ने, पसल खोल्ने, सवारी यात्रा गर्ने जम्मा २३६ जना जनालाई रु १०० का दरले जरिवाना ! साबधान रहौ,मास्क लगाऔ आफूपनी सुरक्षित रहौ,अरुलाई पनि सुरक्षित राखौ ।