वीरगञ्ज २३ असार । विश्वभरी फैलिएको कोरोना भाइरस महामारीका कारण पर्सा राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने पर्यटकिय स्थल दुधेश्वरनाध महादेव मन्दिरमा लाग्ने भाठा मेला पनि प्रभावित भएको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा न १ स्थित दुधेशवरनाथ महादेव मन्दिरमा लाग्ने साउने मेला कोरोना भाईरसको संक्रमण ब्यापक रुपमा फैलिन सक्ने सम्भावना हुने भन्दै मेला प्रभावित बनेको हो ।
हरेक वर्ष बैशाख महिनामा लाग्ने मेला समेत यस पटक लाग्न नसकेको मेला समितिले बताएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आदाभारका सूचना अधिकारी सहायक वाडेन असोग रामका अनुसार मेला समितीको ४ जना मान्छे बाहेक कुनै पनि ब्यक्तिलाई राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने दिइएको छैन ।
पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादवले मेला जान कार्य प्रभावित बने पछी बोलबम कवरीयाहरुले घरमै महादेवको साउनी पुजा गर्ने सुरु गरेको बताउनुभयो ।
पालिकाको सबै वडामा चौकिदार तथा कोरोना भाईरस बारे जानकारी तथा संक्रमण बाट वच्ने उपाय बारे सचेत गराउन महिला स्वयमसेवीका र स्वास्थकर्मीलाई खटाईएको यादबले बताउनुभयो ।