वीरगञ्ज २३ असार । भारतीय क्रिकेट टिमका पुर्व कप्तान एवम् चर्चित खेलाडी महेन्द्र सिंह धोनीको जन्मोत्सवमा उनका प्रसंसकहरुले वीरगञ्जमा गरिव, असाहय र सुरक्षाकर्मीहरुलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
धोनीको ३९ जन्मदिनको अवसरमा उनका प्रसंसक युवाहरुले वीरगञ्ज बजारका विभिन्न स्थान, मठ मन्दिर र मस्जिदहरुमा पुगेर ८० जना भन्दा बढीलाई खाद्यान्न र २०० भन्दा बढी व्यक्ति र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । एमएस धोनी फ्यान क्लब वीरगञ्ज नामक समुह बनाएर युवाहरुले आज उक्त कार्य गरेका हुन् ।
उनका ७ प्रसंसकहरुले रक्त सञ्चार केन्द्र वीरगञ्ज पुगेर रक्तदान समेत गरेका थिए । विश्वस्तरमा क्रिकेट प्रेमीहरुको माझ निकै चर्चित मानिएका धोनीको समर्थकहरु नेपालमा पनि टन्नै छन् ।
फ्यान क्लबका विक्की सर्राफ, आशिष गुप्ता, विनय गिरि, मनोज यादव, अभिजित यादव, रोमी खान, आशुतोष कुमार, पवन यादव, आयुष शर्मा, निखिल मेहता, सौरभ शाह, सुमित गुप्ता, सौर्य राज, शुभम सर्राफ, आतिष पटेल, अनुस्मन तिवारी, राज यादव, गौरभ अग्रवाललगयातको सहभागिता रहेको थियो । पछिल्लो वर्ष फ्यान क्लब मार्फत समर्थकहरुले घण्टाघरमा ठुलो रक्तदान कार्यक्रमको आयोजना गरेको आशिष गुप्ताले बताए ।