वीरगञ्ज २२ असार । नेपाल विद्यार्थि संगठन जिल्ला कार्यसमिति पर्साले वीरगञ्जका मुख्य तथा सहायक सडकहरुको मर्मत सम्भार गर्नुपर्ने भन्दै वीरगञ्ज महानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
देशकै अर्थतन्त्रलाई सन्तुलन गर्ने, आर्थिक तथा औद्योगिक नगरीको रुपमा समेत परिचित प्रदेश न. २ को एक मात्र महानगरपालिकामा मुख्य तथा सहायक सडकहरुको दुराअवस्थाले गर्दा सर्वसाधारण, यात्रु तथा यातायात व्यावसायिहरुले सास्ती खेप्नुपरेको ज्ञापन पत्रमा उल्लेख छ ।
संघका वीरगञ्ज महानगर कमिटि अध्यक्ष विवेक कलवारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उपमहानगरबाट महानगरमा परिणत भएको ५ वर्ष वित्रि सक्दा समेत सडकको दुराअवस्थामा सुधार नभएको भन्दै यथाशिघ्र सडक मर्मत सम्भार गर्न माग गरिएको छ ।
वीरगञ्जको गिता मन्दिरदेखी माईस्थान, मिना बजारदेखी गहवामाई मन्दिर, त्रिभुवन स्कुल हुँदै गणेशमान चौक, पिपरा पुलदेखी बाईपास सडक लगायतका अन्य सडकको अवस्था अत्यन्तै जिर्ण भएको भन्दै मर्मत सम्भार गरी यात्रिहरुलाई सहज बनाउन आग्रह गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाउन संघका जिल्ला उपाध्यक्ष सञ्जिव मिश्रा, जिल्ला सचिब अब्दुल कयुम, पर्सागढी नगरपालिकाका नगरअध्यक्ष मनन्जय मिश्रा, जिल्ला सदस्य राहुल रौनियार, ठाकुराम बहुमुखि क्याम्पस ईकाई कमिटि अध्यक्ष अजय कर्ण लगायतको सहभागिता रहेको थियो ।